पर्सा । स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा पकाहामैनपुर गाउँपालिका–२ का अनिल वर्णवालाई ९ लाख ४७ हजार रुपैयाँ, वीरगञ्ज महानगर आर्दशनगरका–३ का विनितकुमार श्रीवास्तवलाई १५ लाख ८१ हजार रुपैयाँसहित पक्राउ गरिएको हो ।



त्यस्तै बाराको परवानीपुर गाउँपालिका–४ का स्थायी बासिन्दा दीपककुमार सोनारलाई ३ लाखसहित पक्राउ गरिएको छ। अभियुक्तहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।



