काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवाको डिजिटलाइजेसन आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगरमा हुलाक सेवा विभागले हुलाक सेवाको पुनर्संरचना विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले हुलाक सेवा विभागलाई रूपान्तरण गरेर अरबौँ आम्दानी गर्न सकिने बताउनुभएको हो ।

उहाँले हुलाक सेवा मागी खाने सेवा नभएर आम्दानी समेत बढाउने संस्था बनाउन आवश्यक रहेको समेत बताउनुभयो । उहाँले देशभर रहेका ६ सय बढी हुलाक सेवालाई प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय