काठमाडौं । गत बैशाख १९ गते दिउँसो मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ गैरीगाउँको जमीनमा भाँसिएर हराएको बोलेरो गाडीको पार्टपूर्जा भेटिएको छ । ना ४ च ४८३३ नम्बरको बोलेरो बोरिङमा भाँसिएर गायब भएको थियो । बोलेरोको उक्त दिनदेखि क्रेन र स्काभेटर प्रयोग गरी खोजी गर्ने क्रममा मंगलबार केही पार्टपूर्जा भेटिएको हो ।

भूगर्भ विभाग काठमाडौंबाट खटिएको टोलीले बैशाख २३ र जेठ २ गते स्थलगत अनुसन्धान गरी माटो परीक्षणका लागि नमुना संकलन गरेको थियो । सोही टोलीले सतर्कता अपनाएर उत्खनन् गर्न सकिने सुझाव दिएपछि खोजी सुरु गरिएको थियो ।

उत्खननका क्रममा गाडीका केही भागहरू निकालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय