काठमाडौं । कान्ती लोकपथमा सवारी आवागमन अवरुद्ध भएको छ । लगातारको वर्षाले विहान करिब सवा ६ बजे मकवानपुर र ललितपुरको सीमानामा पर्ने बागमती खोलामा बनाइएको अस्थायी डाइभर्सन बगाएको हो ।
डाइभर्सन बगाउँदा कान्ती लोकपथको भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ बीचको सडक खण्डमा सवारी आवतजावत पूर्ण रूपमा रोकिएको छ ।



सवारी सधान सुचारुका लागि घटनास्थलमा प्रहरी टोली पुगेको छ भने हेटौंडाबाट काठमाडौं जानका लागि वैकल्पिक मार्ग प्रयोग गर्न पनि सुझाव दिइएको छ ।



