काठमाडौं । हेटौंडा–काठमाडौं सडक खण्डअन्तर्गत पर्ने कान्ति लोकपथ अवरुद्ध भएको छ ।वर्षाले बागमती खोलाको डाइभर्सन बगाएपछि सडक अवरूद्ध भएको हो ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ स्थित दुई जिल्लाको सीमानामा पर्ने बागमती खोलामा बनाइएको डाइभर्सनबाट सवारी आवत जावत गर्दै आएका थिए ।



प्रहरीले अवरूद्ध सडक खुलाउने प्रयास गरिरहेका छन् ।



