निसीखोलाकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । निसीखोला गाउँपालिका–३ धाराखर्क की ३९ वर्षीया मिना सुनार सुत्केरी भएपछि स्वास्थ्य गम्भीर समस्या देखिएपछि बुधबार नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको हो । मंगलबार बिहान बोहोरागाउँ स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिएकी थिइन् । साँझसम्म स्वासथ्यअ वस्था सामान्य भए पनि राति अचानक अवस्था जटिल बन्दै गएको थियो । स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्दा शरीरभित्र अत्यधिक रक्तस्राव भएको पाइएको हो ।

उनको अवस्था जटिल बन्दै गएपछि बुधबार विहान उपचारका लागि बुर्तिबाङ अस्पताल ल्याइएको थियो । अस्पतालमा आवश्यक विशेषज्ञ चिकित्सक, शल्यक्रियाका लागि आवश्यक उपकरण तथा जनशक्तिको अभावका कारण थप उपचार सम्भव नभएको हुँदा काठमाडौँ रेफर गर्नु परेको अस्पतालले जनाएको छ ।

बुर्तिबाङ अस्पतालका प्रमुख डा. अविनाश पोख्रेलका अनुसार बिरामीको अवस्था निकै जटिल भएकाले तत्काल विशेषज्ञ उपचार आवश्यक परेको हुँदा काठमाडौँ पठाइएको बताउनुभयो । अस्पतालमा यस्ता जटिल शल्यक्रिया गर्न आवश्यक जनशक्ति र उपकरण उपलब्ध नभएकाले रिफर गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय