सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । सुरुमा ५ जनाको शव र पछि अर्को शव फेला परेको हो । दुर्घटनामा परेको हेलिकप्टरमा एक चालक र २ पुरुष र ३ महिला गरी ५ जना मेक्सिकन नागरिक सवार थिए ।

उनीहरु सोलुखुम्बुका हिमाली क्षेत्र अवलोकनका लागि लुक्ला पुगेका थिए । दुर्घटनास्थलमा बेनी प्रहरी चौकीको टोली पुगेर शव संकलन गरेको छ । सुर्केबाट बिहान १० बजेर ५ मिनेटमा उडेको हेलिकोप्टर ८ मिनेटपछि दुर्घटनामा परेको हो । हेलिकोप्टर रुखमा ठोक्किएर दुर्घटनामा परेको बताइएको छ ।

हेलिकप्टरमा सवारहरुको सूची

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय