काठमाडौं । मिथिलाञ्चलको विभिन्न स्थानमा आज होली मनाइँदैछ । तराई–मधेशका अधिकांश क्षेत्रमा शुक्रबार नै होली मनाइए पनि मिथिलाञ्चलको धनुषा र महोत्तरीका विभिन्न स्थानमा आज होली मनाउन लागिएको हो ।
सामान्यतय तराई–मधेशमा फागुपूर्णिमाको भोलिपल्ट प्रतिपदाका दिन होली मनाउने गरिन्छ । तर जनकपुरधाममा १६ दिनसम्म
मध्यमा परिक्रमा पथको १३३ किलोमिटर वृत्तभित्रका बस्तीमा आज होली मनाउन लागिएको छ । अन्तरगृह परिक्रमा औंसीमा सुरु भई १६औँ दिन अर्थात् प्रतिपदामा सकिने भएकाले त्यसको भोलिपल्ट द्वितीयामा होली मनाइन्छ ।



तराई–मधेश क्षेत्रमा होलिकाको प्रतीक पुत्ला दहन गरेपछि होली मनाउने परम्परा छ ।



