काठमाडौं उपत्यकामा होली पर्वलाई सुरक्षित बनाउन ट्राफिक प्रहरीले विशेष निगरानीको व्यवस्था गरेको छ। होलीको अवसरमा मादक पदार्थ र लागु औषध सेवन गरी सवारी चलाउनेहरूलाई कडाइ गरिने भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार विशेष गरी लागु औषध सेवन गरेर सवारी चलाउनेहरूलाई प्राथमिकताका साथ कारबाही गरिनेछ। ट्राफिक प्रहरीले बिहानैदेखि विभिन्न स्थानमा चेकिङ सुरू गरिसकेको छ।

ट्राफिकको कडाइ :
मादक पदार्थ वा लागु औषध सेवन गरेको पाइएमा सवारी दिनभर होल्ड गरिने।
सवारी चालकलाई आफन्तको जिम्मा लगाइने।
जरिवाना मात्र होइन, सवारी नै नियन्त्रणमा लिइने।

विशेष सुरक्षा योजना:
होलीका लागि काठमाडौं, भक्तपुर, र ललितपुरका १९ स्थानमा विशेष सुरक्षा योजना लागू गरिनेछ।
ट्राफिक प्रहरी र स्थानीय प्रहरीबीच समन्वय गरी निगरानी बढाइने।
अवैध गतिविधिहरू नियन्त्रण गर्न गस्ती टोली परिचालन गरिने।

यस योजनाले होली पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ

$dey6$

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय