काठमाडौं, ८ सेप्टेम्बर २०२५ — हालै भएको भ्रष्टाचारविरोधी आन्दोलनमा सुरक्षाकर्मीको बल प्रयोगका कारण १९ जनाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले पदत्याग गरेका छन्। उनले सोमबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। नेपाली कांग्रेसभित्रै नेताहरूले उनलाई राजीनामा दिनुपर्नेमा जोड दिएका थिए। पार्टी बैठकमा आन्तरिक दबाब बढेको र वरिष्ठ नेता डा। शेखर कोइरालाले सामाजिक सञ्जालमार्फत खुलेआम माग गरेपछि लेखकले अन्ततः राजीनामाको घोषणा गरेका हुन्।

गृहमन्त्रीको हैसियतमा लेखक बारम्बार विवादमा तानिँदै आएका थिए। उनले कार्यकालभरि अनेक घटनामा आलोचना खेप्नुपरेको थियो। हालैको आन्दोलनमा सुरक्षाकर्मीबाट भएको अत्याधिक बल प्रयोगपछि उत्पन्न परिस्थितिलाई शान्त पार्न राजीनामा दिने निर्णय गरेको बताइएको छ। सरकारले अब नयाँ गृहमन्त्रीको नाम छिट्टै टुंगो लगाउने तयारी गरेको स्रोतहरूले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय