बुटवल ,२६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेले आफूले बोल्ने समय नजिक आउँदै गरेको प्रतिक्रिया दिनु भएको छ । बुटवलको सुप्रिम सहकारी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट बाहिरिँदै गर्दा लामिछानेले यसका लागि केही समय प्रतीक्षा गर्नुे पर्ने बताउनु भएको छ । रुपन्देहीको सुप्रिम सहकारी मुद्धामा आफूसँग माग भएको १ करोड धरौटी खारेजी र साधारण तारेखमा छाड्न माग गर्दै रवि सोमबार बुटवल इजलास पुग्नु भएको हो । निवेदन दिएर कानूनी ब्यवसायी , श्रीमती निकातासहित बाहिरिँदै लामिछानेले आफू अहिले बोल्ने अवस्थामा नभएको तर बोल्ने दिन नजिकै आएको सञ्चारकर्मीलाई प्रतिक्रिया दिनु भएको हो ।



रवि लामिछानेको पक्षमा बहस गर्दै आउनु भएका अधिवक्ता नारायणदत्त कँडेलले माघ १३ गते रुपन्देही जिल्ला अदालतले गरेको धरौटी माग्ने आदेश खारेजी र साधारण तारिखमा बसेर मुद्धाको पुर्पक्षको लागि उच्च अदातलमा निवेदन दर्ता गरिएको जानकारी दिनु भयो ।



