काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले चार वटा कम्पानीलाई तीन वर्ष, एउटालाई साढे दुई वर्ष, चार वटालाई दुई वर्ष, पाँच वटालाई डेढ वर्ष र बाँकी आठ वटा कम्पनीलाई एक वर्ष कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा राखिएको अवधिभर उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुनेगरी २२ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

को को परे त ? कालोसूचीमा हेर्नुहोुस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय