राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र २७ गतेको पार्टीको बिरोध प्रदर्शनमा सरकारले तोकेको निषेधित क्षेत्र तोडने चेतावनी दिएको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले कथित रुपमा तोकेका निषेधित क्षेत्रहरु राप्रपालाई मान्य नहुने बताएका हुन । उनले संविधानले दिएको प्रजातान्त्रिक क्रियाकलाप अन्तर्गत बिरोध गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित पार्दै लगेकाले निषेधित क्षेत्रमा शान्तिपुर्ण प्रदर्शन गरिने बताए ।
अध्यक्ष लिङ्देनले शान्तिपूर्ण बिरोध प्रदर्शन गर्ने बताउँदै सरकारले जुलुसलाई उत्तेजित बनाउन र अवरोध सिर्जना नगर्न आग्रह गरे । निवारको प्रदर्शनमा राजनीतिक दलहरुको प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गरेको र भिक्षुहरुमाथि आक्रमण भएको भन्दै राप्रपाले आपत्ति जनाएको छ । शनिवार भद्रकाली मन्दिर परिसर क्षेत्रमा नेता राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शनका क्रममा प्रहरीले भिक्षुहरुमाथि आक्रमण गरेका थिए । सोही विषयलाई लिएर सरकारको चर्को आलोचना भइरहेको छ ।






