काठमाडौं, बलम्बु – ३२औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा बलम्बुमा विभिन्न आदिवासी जनजाति समुदायको सहभागितामा र्‍याली निकालिएको छ। आफ्नो भाषा, संस्कृति, परम्परा, पहिचान र अधिकारको संरक्षण तथा प्रवर्द्धनको मागसहित निकालिएको र्‍यालीमा विभिन्न जातीय समुदायका प्रतिनिधि तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

र्‍यालीमा सहभागीहरूले जातीय पहिचान, सांस्कृतिक अधिकार, समानुपातिक समावेशिता तथा आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित विभिन्न नारासहित प्रदर्शन गरेका थिए। सहभागीहरू परम्परागत भेषभूषामा सजिएर बाजागाजा तथा सांस्कृतिक झाँकीसहित र्‍यालीमा सहभागी भएका थिए।

बलम्बु क्षेत्रमा निकालिएको र्‍यालीले आदिवासी जनजाति समुदायको मौलिक संस्कृति, कला, भाषा र परम्पराको संरक्षण गर्नुपर्ने सन्देश दिएको आयोजकहरूले बताएका छन्। दिवसलाई केवल उत्सवका रूपमा मात्र नभई आदिवासी जनजातिको पहिचान, अधिकार र अस्तित्वको सवाललाई राज्य तथा समाजमा थप स्थापित गर्ने अवसरका रूपमा लिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

नेपालमा विश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै आएको छ। यस वर्ष पनि दिवसका अवसरमा देशका विभिन्न स्थानमा र्‍याली, सभा तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।बलम्बुमा आयोजित र्‍यालीले विविध जातजाति र समुदायबीचको एकता, सांस्कृतिक सहअस्तित्व र आफ्नो मौलिक पहिचानप्रतिको प्रतिबद्धता प्रदर्शन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय