कैलालीको धनगढीबाट अवैद्य ४० पेटी माछासहित एउटा जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनगढी उप–महानगरपालिका–८ बाट करिव ४ लाख मुल्य बराबरको ४० पेटी अवैद्य माछासहित सुदूरपश्चिम प्रदेश ०१–००१च ३४१९ नम्बरको टाटा कम्पनीको जीप बरामद गरिएको हो ।
चेकजाँचका क्रममा अवैध रुपमा भित्रिएको फेला परेपछि माछालाई नियन्त्रणमा लिएर प्रहरीले स्थानीय जनप्रतिनिधि, त्रिनगर नाकाको पसु क्वारेन्टाइन चेकपोष्टका कर्मचारी लगायतको रोहबरमा खाडल खनी नष्ट गरेको छ । केही महिना यता नेपाल तर्फ मूल्य बढेपछि कैलालीमा माछा तस्करी तीव्र रुपमा बढेको छ ।






