काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका संगठित सदस्यलाई निर्वाचन अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।

उनले पार्टीका करिब ६ लाख ६३ हजार सदस्यलाई पत्र पठाउँदै एमालेका उम्मेदवारलाई जित दिलाउन उच्च मनोबलका साथ परिचालित हुन आग्रह गरेका हुन् ।

पत्रमा अध्यक्ष ओलीले आगामी निर्वाचनले देशको भविष्य कुन दिशातर्फ जाने भन्ने निर्णायक मोड तय गर्ने उल्लेख गरेका छन् । उनले राष्ट्र निर्माणका लागि एमालेलाई बहुमत आवश्यक रहेको स्पष्ट गर्दै त्यसका लागि पार्टी पंक्तिको एकताबद्ध र सक्रिय सहयोग अपरिहार्य रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय