टिकटकबाट चर्चामा आएकी नेपाली मोडल प्रिन्सी खतिवडा हिन्दी गीतको म्यूजीक भिडियोमा देखिएकी छन्। जान देंगे तुम्हेु बोलको गीतमा उनले मोडलिङ गरेकी हुन्। यो गीत युट्युब ट्रेन्डिङको म्युजिकतर्फ ८ नम्बरमा रहेको छ।

यो समाचार तयार पार्दा सम्म ३६ लाखबढी भ्युज पाएको छ। गीतको भिडिओमा प्रिन्सीसँग लक्ष्य कपूरलाई भिडियोमा देख्न सकिन्छ। लक्ष्य कपूरकै स्वर रहेको गीतमा सावेरी वर्माको शब्द र मुकुन्द सूर्यवंशीको संगीत छ। गीतलाई जोमिन वर्गिसले निर्देशन गरेका हुन्।विन्सटन जेसले छायांकन गरेको गीतलाई कृणाल मालीले सम्पादन गरेका हुन्। यो गीत टी-सिरिज युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय