गुल्मी – गल्मीमा नव बिवाहित एक दम्पतीले बिवाहमा गर्ने खर्चलाई कटाएर सामाजिक कार्यमा खर्च गरेका छन । गुल्मीको रेसुङ्गा नगरपालिका ३ अन्र्तगत भाडगाउँका सञ्चारकर्मी समेत रहेका नव बिवाहित मोहन बस्नेतलले बिवाहको भोजमा गर्ने फजल खर्च रकमबाट गाउँमा गरीब तथा विपन्न नागरिकका लागि विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । पछिल्ले समयमा विवाहमा फजसलखर्च गर्ने परम्परा बढ्दै गएको कारण त्यसलाई निरुत्साहित गर्नका लागि बिवाहको भोजभतेरमा गर्ने खर्चले सामाजिक काममा पनि प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्यले आफुले गाउँमा निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको बताए ।



शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ, छाती तथा मधुमेह रोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ र नशा तथा मनोरोग विशेषज्ञ
डाक्टरहरुद्वारा निशुल्क स्वास्थ्य परीक्षणका अतिरिक्त बिरामीहरुका लागि निःशुल्करुपमा औषधिको समेत बितरण गरिएको थियो ।
आफ्नै घरदैलोमा आएर बिशेषज्ञ सहितको सेवा पाउँदा आफुहरु निकै खुसि भएको भन्दै बिवाहमा भोज खर्च भन्दा मानिसको उपचार
गनेकार्य धर्म भएको स्थानीयहरुले बताएका छन । शिबिरमा चार सय भन्दा बढी बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।
सञ्चारकर्मी बस्नेतले यस अगाडि पनि जिल्ला र जिल्ला बाहिरसम्म पुगेर विपन्न तथा असहायहरुलाई सहयोग गर्दै आएका छन ।
त्यसैगरी गुल्मीको रेसुङ्गा नगरपालिका ११ राङ्बासका पाण्डेले पनि विवाहको फजुल खर्चलाई कटाएर आफुले अध्यन गरेको
विद्यालयमा अक्षय कोष स्थापनाका लागि सहयोग गरेका छन । पाण्डेयले स्थानीय भगवती माध्यमिक विद्यालय र राङ्बास माविलाई रु ५०-५०
हजारको अक्षयकोष स्थापनाका लागि विद्यालयलाई अक्षय कोष स्थापनाका लागि सहयोग उपलब्ध गराएका छज् ।



