काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि हिजोको प्रतिनिधि सभा बैठक स्थगित भएको थियो ।
कुलमानलाई बर्खास्त गरेको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म नआएसम्म सदन चल्न नदिने माओवादी केन्द्रको अडान छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा संसदमा जवाफ दिनुपर्ने आवश्यक नभएकोले त्यसको कुनै अर्थ नहुने बताउनु भएको छ ।



प्रधानमन्त्रीले ओलीले चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थालाई रोक्न विपक्षीले सदन अवरोध गरेको आरोप लगाउनु भयो ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बस्ने र राष्ट्रिय सभाको बैठक मध्यान्ह सवा १२ बजे बस्नेछ ।



