शुक्रबार राजावादीहरूले एक कर्मठ सञ्चारकर्मीको जिउँदै जलाएर मारेका छन् । काठमाडौंको तिनकुनेमा एउटा घरको माथिल्लो तलाबाट प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्दै आन्दोलनकारीले उक्त घरमा आगो लगाइदिए । क्यामेरा लिएर भिडियो खिचिरहेका सहकर्मी सुरेश पनि त्यही घरमा थिए । त्यहाँबाट निस्कन नसक्दा उनले आफ्नो ज्यान अनाहकमै गुमाउन पुगे ।

नेपाल प्रेसले हालेको यो फोटो हेर्नुहोस । जहाँ सुरेश रजक भिडियो खिच्दै थिए । त्यहीं ठूलो दुर्घटना भयो । यस्ता ठूला घटना भएका स्थानमा एभिन्यूज टेलिभिजनका संचालक भास्करराज राज कर्णिकारले पत्रकार र क्यामरा पर्सनलाई उस्काएर पठाउँछन् एसक्लुसिप भिडियो चाहिन्छ । जोखिमको काम गराउने तर, पत्रकारहरूको कुनै दुर्घटना भएमा वा मृत्यु भएमा उनीहरूको विमा समेत गरिएको हुँदैन ।

अहिले सामाजिक सञ्जालमा उनको फोटो र श्रद्धाञ्जलीले भरिएको छ । सबैको भनाई एउटै छ–राजावादीहरूले एक श्रमजीवीको हत्या गरे । यो घटनाले राजावादीहरुमा प्रश्न उठेको छ— आखिर को हुन् राजावादीहरू ?  जनताले आन्दोलनका नाइके दुर्गा प्रसाईँलाई दोषी बताइरहे पनि यसको पछाडी अरू धेरै षड्यन्त्रकारी राजावादीहरू छन् । दुर्गा प्रसाईँ त केवल एउटा मोहरा मात्रै हुन् ।

बिहीबार खबर हबमा एउटा समाचार प्रकाशित भएको थियो । जसमा केही राजावादीहरूले विज्ञप्ति जारी गर्दै सरकारलाई निषेधको राजनीति नगर्न अपिल गरेका थिए । आफूलाई सामाजिक अगुवा बताउनेहरूको सूचीको अग्रभागमा उही अहंकारी, श्रमजीवीलाई श्रमजीवी नै नमान्ने र वर्षौँसम्म आफ्ना कर्मचारीलाई तलब नदिने भास्करराज राज कर्णिकारको नाम थियो । तर, यो विज्ञप्तिमा कसैको हस्ताक्षर भने थिएन । लिङक

समाचारमा भनिएको थियो— प्रजातान्त्रिक व्यवस्थामा निषेध किमार्थ स्वीकार्य हुन सक्दैन । विज्ञप्ति जारी गर्नेहरूमा भास्करराज कर्णिकार, कुशकुमार जोशी, भवानी राणा, मनिषा कोइराला, टीकाराम यात्री, युवराज घिमिरे, जीवन भण्डारी, स्वागत नेपाल, सर्वेन्द्र खनालसहित ३२ जना अगुवा थिए । यो समाचार एभिन्यूज टिभीको अनलाइन संस्करणमा पनि प्रकाशित भएको छ, तर अनलाइन मिडियाले विज्ञप्ति लुकाइएको छ । लिङक

कर्णिकारको पूर्वराजा ज्ञानेन्द्रसँग गहिरो सम्बन्ध छ । पैसाको लोभमा उनी जहिले पनि ज्ञानेन्द्र जहाँ गयो, त्यहीँ समाचार कभर गर्न क्यामेरा पठाउने गर्थे । जब पूर्वराजा गोरखा पुगेका थिए, एभिन्यूजका पत्रकारको क्यामेरा तानेर देशमा कोही पनि डराउनुपर्ने अवस्था छैन भन्ने सन्देश दिइएको थियो । यो नियोजित थियो र यसको पछाडि भास्करकै योजना थियो ।

आजको दिनसम्म भास्करले आफ्ना कर्मचारीलाई महिनौँदेखि तलब दिएका छैनन् । एभिन्यूज टिभीको कार्यालय खर्च त कता हो कता, देशभर रहेका संवाददाताहरूको लाखौँ रकम तिर्न नसकेर धेरैको नियुक्ति नै खारेज गरिसकेको छ । जागिर छोडेका कर्मचारीहरूले समेत अहिलेसम्म बाँकी पारिश्रमिक पाएका छैनन् ।

यसैले, श्रमजीवी सञ्चारकर्मी सुरेश रजकको हत्या गर्ने राजावादी अपराधीहरूलाई कानुनी कारबाही हुनैपर्छ । श्रमजीवीहरूले आफ्नो ज्यानको सुरक्षा गर्दै काम गर्न पाउने व्यवस्था गर्नुपर्छ । समयमै पारिश्रमीक नदिएर पटक पटक मार्दै आएका मिडिया मालिकहरुले आज त जिउँदै जलाएर मारिनै दिए सुरेशलाई ।

अहिले भास्करराज राज कर्णीकारको एउटा भिडियो भाईरल भइरहेको छ जहाँ उनले एभिन्यूज एउटा परिवार भएको भावुक भनाई दिदैछन् । आफ्नो परिवारका सदस्यहरुको कहिलेसम्म हत्या गर्नेहुन् यस्ता मालिकले ? लिङक   

यीनको कुरा ध्यान दिएर सुन्नुहोस, उनीले कसैलाई न छोड्ने र यो घटनालाई अन्तर्राष्ट्रियरुपमा उठाउने गफ पनि दिंदैछन् । यिनको विगत कस्तो थियो ? आज के छ ? अब कस्ले पत्याउने ?

अर्कोतर्फ कुनै समय एभिन्यूजमै कार्यगरेका पोखराका वरिष्ठ पत्रकार तथा सञ्चार उद्यमी रामकृष्ण ज्ञवालीले भास्करलाई सामाजिक सञ्जालमा सुरेश रजकको मृत्युबारे गम्भीर आरोप लगाएका छन् हुर्नुस् । यो आरोपको जवाफ भास्करराज राज कर्णिकारले कहिले दिने ?

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय