काठमाडौं । बुटवलमा आमासहित दुई बच्चाको हत्या भएको छ । बुटवल उपमहानगरपालिका ११ होराइजन चोकस्थित मिलीजुली पथमा आमा सहित दुई बच्चाको हत्या भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आज बिहान करिब ४ बजेतिर घटना भएको हो ।

प्रहरीले सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी ती महिलालाई उनकै पूर्व श्रीमानले बुधवार बिहान ४ बजेतिर हत्या गरेको आशंका गरेको छ । स्थानीयले घरेलु हतियार ह्याम्बर र चक्कु प्रहार गरी हत्या गरेको बताएका छन् । स्थानीयका अनुसार हत्या गर्ने सुजन कोइराला हुन् । हत्या हुनेमा ३१ बर्षीया दिपा बस्याल र उनकी ७ वर्षीया छोरी स्नेहा बस्याल र ४ वर्षीया नानी बस्याल रहेका छन् ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त सुजन आफ्नै दाजुको हत्या गरी जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आममाफी पाएर छुटेका थिए ।

उनीहरूबिच करिब आठ बर्सअघि सम्बन्ध विच्छेद भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय