काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो १५ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीया मीना सुरजितसिंह खेमानी रहेको प्रहरीले जानकारी दिएको छ ।

एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौँ आएकी खेमानी विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट पक्राउ परेकी हुन् । प्लास्टिकले बेरेको तीन वटा सुन जस्तो देखिने अर्धठोस् पदार्थ फेला पारी पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय