काठमाडौं । ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपासमा भोलि (शुक्रबार) देखि गाडी चलाउन पाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि उद्घाटन गरेर ओभरपासमा सवारी आवागमनका लागि खुला गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तयारी छ ।

गत शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको टोलीले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको थियो ।

२०७८ साल फागुन १२ गते ठेक्का लागेको ओभरपास सम्पन्न गर्न चार वर्षभन्दा बढी समय लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय