काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनको गतिमा सुुस्तता आउने बताउनु भएको छ ।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले युवाहरुले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।



उहाँले सही ढङ्गले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरु असहिष्णु हुनु हुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरु विश्वमा युवाहरुले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आव्हान गर्नुभयो ।
युवा संघ जनताको स्वाभिमानको मजबुद किल्ला भएकाले यसलाई कसैले भत्काउन नसक्ने भन्दै ओलीले सामाजिक क्रियाकलाप, जागरण र देशभक्तिपूर्ण भावको नायक युवा संघ भएको उल्लेख गर्नुभयो ।



