काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सेवा प्रवाहका क्रममा कसैले अतिरिक्त रकम वा घुस मागेमा तत्काल जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेको छ । प्राधिकरणले सूचना निकालेर सरल, पारदर्शी, प्रभावकारी र सेवाग्राही मैत्री विद्युत् सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको र सुशासन कायम गर्न सेवाग्राहीसँग सहयोगको आह्वान गरेको हो ।

प्राधिकरणले ग्राहकलाई तोकिएको प्रक्रिया र आधिकारिक माध्यमबाट मात्र सेवा लिन अनुरोध गरेको छ । सेवा लिने क्रममा कुनै पनि कर्मचारी वा व्यक्तिले तोकिएको शुल्कभन्दा बढी रकम मागेमा वा कुनै अनुचित कार्य गरेमा प्रमाणसहित तत्काल जानकारी गराउन भनिएको छ ।

प्रमाणका आधारमा अनियमितता भएको पाइएमा कारबाही गरिने प्राधिकरणले जनाएको छ । गुनासा र अनियमितताको बारेमा जानकारी दिनका लागि प्राधिकरणले आधिकारिक सम्पर्क नम्बर र इमेल समेत सार्वजनिक गरेको छ ।

सेवाग्राहीले वितरण तथा ग्राहक सेवा निर्देशनालयको फोन नम्बर ०१–४१५३१४५ अथवा जनसम्पर्क तथा गुनासो व्यवस्थापन शाखाको मोबाइल नम्बर ९८५१३३५५३६ मा सिधै सम्पर्क गरेर आफ्नो गुनासो दर्ता गराउन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय