काठमाडौंस्थित सिभिल अस्पतालमा आज बिहान टिकट लिन बिरामी तथा सेवाग्राहीले अस्पतालमा टिकटकै लाईन राखेको देखिएको छ । मानिसहरुको अत्याधिक भिड भएपनि यसरी विरामीको टिकटकै लाईन राखेका हुन । हाल सामाजिक सञ्जालमा टिकटको अस्पतालमा लागेको यो लाईन भाईरल बन्दै गएको छ उपचारका लागि अस्पताल पुगेका बिरामीहरू टिकट काउन्टरमा घण्टौं लाइन बस्न बाध्य हुने गरेकाछन्।

अस्पतालमा बिरामीको चाप बढ्दै गएसँगै टिकट वितरण प्रक्रियामा समय लाग्ने गरेको सेवाग्राहीको गुनासो छ। वृद्धवृद्धा, अशक्त तथा टाढाबाट आएका बिरामीलाई लामो समय लाइन बस्नुपर्दा थप समस्या हुने गरेको बताइएको छ।

यसैबीच, सरकारले अस्पतालमा देखिने यस्ता समस्या समाधान गर्न प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सहज बनाउने विषयमा छलफल अघि बढाएको जनाएको छ। अनलाइन टिकट, डिजिटल प्रणाली तथा व्यवस्थित सेवा व्यवस्थापनमार्फत अस्पतालका सेवाहरू छिटो र प्रभावकारी बनाउने तयारी भइरहेको छ। स्वास्थ्य सेवा लिन आउने नागरिकलाई सहज, छरितो र व्यवस्थित सेवा उपलब्ध गराउनु अहिलेको मुख्य आवश्यकता रहेको सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय