बाराको जितपुर सिमरा–१६ टाङीयाबस्तीमा स्थानीय र प्रहरीबिच आज भिडन्त भएको छ । ईलाका प्रहरी कार्यालय निजगढले हतियार रहेको आंशकामा छापामारी गरी पक्राउ गरेका ३५ बर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन स्थानीयले रोक्नपछि दोहोरो भिडन्त भएको हो ।

करिब तीन सयको सङख्यामा आएका स्थानीयले १५ जनाको सख्यामा रहेका प्रहरी टोली माथि ढुङगा मुढा गरी हतियार सहित पक्राउ परेका लामालाई हतकडी सहित भगाउन सफल भएका छन । पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुचुुल्का बनाएर लैजाने क्रममा जङल छेउ बाटोमा दोहोरो भिडन्त भएको हो ।

दोहोरो भिडन्तमा प्रहरीतर्फ प्रहरी बरिष्ठ नायब निरिक्षक कलम बहादुर शाही र प्रहरी सहायक निरिक्षक बालराज गिरी घाईते भएका छन् । शाहीको बाँया हातमा चोट लागेर घाईते बनेका छन भने गिरीको बाँया कुम्भ र बाँया हातमा चोट लागेको छ । स्थानीय प्रहरी बिरुद्ध खनिएपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको छ ।

ठुला हतियार रहेको गोप्य सुचनाको आधारमा निजको घरमा छापा मार्नको लागि प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो । सो स्थान प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ ओटा र नङ्ग्रा ३ वटा बरामद गरेको छ । लामा बन्यजन्तुको शिकारीमा संलग्न रहेको जनाउदै खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय