हिमाली जिल्ला सोलुखुम्बुमा सम्बन्ध बिच्छेदका घटना बढेको छ । जिल्ला अदालत सोलुखुम्बबाट प्राप्त आर्थिक वर्ष ०७९-०८० को प्रतिवेदन अनुसार ८५ थान सम्बन्ध बिच्छेदको मुद्धा दर्ता भएकोमा ६७ थान सम्बन्ध बिच्छेदको मुद्धा किनारा लगाइएको हो ।
त्यस्तै, सोही समयमा कुल २ सय ५९ वटा मुद्दा परेकामा २ सय वटा मुद्दाको फैसला गरिएको छ । बाँकी मुद्दा चालु आर्थिक वर्षका लागि साह्रिएको छ ।अदालतमा परेका फैजदारीसम्वन्धी मुद्दामा धेरैजसो करणी मुद्दा परेको जिल्ला अदालतले जनाएको छ ।






