काठमाडौं । भाद्र कृष्ण अष्टमी । आज हिन्दूधर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदै छन् । भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको धार्मिक मान्यता छ ।
भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा उल्लेख गरिउको छ । आजको रातलाई मोहरात्रि पनि भन्ने गरिन्छ । श्रीकृष्णले दुर्जनको विनाश र सज्जनको रक्षाका लागि मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता देवकी र पिता वासुदेवलाई जेलमुक्त गरिएको धार्मिक मान्यता छ ।



देशैभर कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । यसै अवसरमा ललितपुरको पाटनमा रहेको प्रसिद्ध कृष्णमन्दिरमा भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पाटनस्थित कृष्ण मन्दिरमा दिउँसो ३ बजे दर्शन गर्नुहुनेछ ।कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा अर्जुनलाई दिएको उपदेश ‘श्रीमद्भगवद्गीता’ को ग्रन्थ मानिन्छ ।



