

काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन ।
हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन । सार्वजनिक अन्तिम मत परिणाम अनुसार कँडेलले ४ सय ७९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । प्रतिष्पर्धी हरि रिजालले ४ सय ७७ मत पाए । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ । भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो । त्यस्तै गरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी भएका छन् । उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित भएका छन् ।महिला उपसचिवमा लीला रानामगर ३५२ मत ल्याएर विजयी भएकी छन् । यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । मङ्गलवार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो । विजयी उम्मेदवारहरुलाई बुधवार बिहान ९ बजे नै शपथग्रहणको कार्यक्रम राखिएको छ । पदाधिकारीमा निर्वाचित उपसचिव पूर्णबहादुर बूढाबाहेक सबै कँडेल समूहका हुन् ।







यो नेतृत्व छनौटका लागि पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल समूहले कँडेल र महासचिव शंकर पोखरेल समूहले रिजाललाई साथ दिएर प्यानल गत उम्मेदवारी दिएर चुनावी मैदानमा गएका थिए ।