कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक भएको फैसला गरेसँगै थापा पदमुक्त भएका हुन् । सर्वोच्चले कोशी प्रदेशमा प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले कोशीका संसदीय दलको नेता भएकाले हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश पनि जारी गरेको छ । सर्वोच्चको आदेशसँगै कोशी प्रदेशका मुख्यमन्त्री एमाले संसदीय दलका नेता कार्की बनेका छन् । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा न्यायाधीयशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको पूर्ण इजलासले उक्त आदेश दिएका हुन् ।

गत भदौ ७ मा सर्वोच्चले संवैधानिक नैतिकता, संसदीय अभ्यास र अदालतको आदेशविपरीत भएको भन्दै दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश गरेको थियो । तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरबाट बहुमत पुर्याई असंवैधानिक रूपमा असार २१ मा मुख्यमन्त्री नियुक्त भएको विरोधमा एमाले नेता कार्कीले असार २२ मा रिट दर्ता गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय