

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत बीचको विवाद चरम उत्कर्षमा पुगेको छ ।
जनप्रतिनिधि र कर्मचारीबीच भएको विवादले विगत चार महिना देखि नगरपालिकाको कामकाजमा अवरोध हुन पुगेको छ । जसकारण चालु आर्थिक वर्ष २०८०-०८१ को नगर सभा समेत हुन सकेको छैन । नगरपालिकाकी उपाध्यक्ष सरिता सिपलियाले आर्थिक वर्ष ०७९-०८० को खर्च विवरण र नगर सभाको निर्णय माग गर्दा प्रमुख प्रशासकीय अधिकृत हरिमोहन शर्माले दिन नमिल्ने भनेपछि विबाद चुलिदा नगरपालिकाको सम्पूर्ण कामकाज प्रभावित हुन पुगेको छ ।






नगरपालिकाले आर्थिक वर्ष ०७९-०८० मा गरेको खर्चमा नगर प्रमुख वीरेन्द्र माझी, कार्यालय प्रमुख शर्मा र ईञ्जिनियर श्यामसुन्दर मण्डल मिलेर अनियमितता गरेको भन्दै उपप्रमुख सिपलियासहित २० जना कार्यपालिका सदस्य बिरोधमा उत्रिएका छन् ।