

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सर्वोच्च अदालतको परामदेश पछि कार्कीले प्रदेशमा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनु भएको हो । बिहीबार सर्वोच्च अदालतको पूर्ण इजालाले उद्धव थापाले लिएको विश्वासको मतलाई बदर गर्दै कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । आदेश जारी भएको २४ घण्टामै कार्कीले शुक्रबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
मुख्यमन्त्री कार्कीसँगै तीन मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन् । उर्जामन्त्रीमा तिलकुमार मेन्याङ्वो, वनमन्त्रीमा पाँचकर्ण राई र भौतिक पूर्वाधारमन्त्रीमा एकराज कार्कीले शपथ लिनुभएको हो । यस्तै, सिजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त हुनभएको छ ।





