

शीर्षक परिवर्तन गर्ने सहमतिसँगै ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगिएको छ । चलचित्र विकास बोर्डको मध्यस्थतामा भएको यो सहमतिमा निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ–संगठनले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार अब फिल्मको नाम ‘एक भागवत् र एक गीता तय भएको छ ।





