जी २० को शिखर सम्मेलन भारतको राजधानी नयाँदिल्लीमा आज सम्पन्न भएको छ । जी २० का को अध्यक्ष देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत मण्डपमा आयोजित कार्यक्रममा आगामी नोभेम्बरको अन्त्यतिर श्रव्यदृश्य ‘भर्चुअल’ समीक्षा बैठक गर्ने प्रस्ताव गर्दै बैठक समापन गरेका हुन ।

अन्तराष्ट्रिय आर्थिक सहयोगका लागि दिल्ली सम्मेलनमा प्रस्ताव गरिएका प्रस्तावको समीक्षा आवश्यक भएको उनको भनाइ थियो । नोभेम्बरसम्म भारत समूहको अध्यक्ष रहनेछ । गत वर्ष डिसेम्बर १ मा बालीमा भएको १७ औँ शिखर सम्मेलनमा भारतले समूहको अध्यक्षता ग्रहण गरेको थियो । सम्मेलन समाप्त भएको घोषणा गर्नुअघि प्रधानमन्त्री मोदीले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई जी २० को प्रतीकात्मक हथौडीसँगै अध्यक्षता हस्तान्तरण गरेका थिए ।

चक्रीय प्रणालीअनुसार जी २० को अध्यक्षता ब्राजिललाई हस्तान्तण गरिएको हो । आगामी डिसेम्बर १ देखि एक वर्षसम्म ब्राजिल समूहको अध्यक्ष हुनेछ । जी २० को १९ औँ शिखर सम्मेलन पनि अब ब्राजिलमा हुनेछ । त्यसअघि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो र लुइज इनासियो लुला डा सिल्भाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई विरुवा हस्तान्तरण गरेका थिए । सम्मmेलनले बीरआरआईलाई चुनौती दिने गरी भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर घोषणा समेत गरेको छ ।

यस अन्तर्गत सन्चार र भौतिक पूर्वाधारका काम हुने बताइएको छ । नयाँदिल्ली सम्मेलनबाट अफ्रिकन युनियनले समेत जी–ट्वान्टीको स्थायी सदस्यता पाएको छ । यसअघि जी–२० मा १९ देश र एक युरोपेली युनियन सदस्य रहेका थिए । अफ्रिकन युनियनसमेत थपिएपछि अब जी–२० मा १९ देश र दुई युनियन सदस्य बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय