

पाठेघरको क्यान्सरविरुद्ध लुम्बिनी प्रदेशका किशोरीलाई बाँकेको भेरी अस्पतालमा निःशुल्क खोप प्रदान गरिने भएको छ । सरकारले सातै प्रदेशमा नमूना परियोजनाको रुपमा १० देखि १४ बर्ष उमेर समूहका किशोरीलाई भाद्र २७ देखि ३० गतेसम्म खोप दिन लागेको हो । खोपले ९५ प्रतिशत क्यान्सर न्युनीकरणमा सहयोग पुग्ने भएकाले र्निधक्क भएर खोप लगाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन ।
आगामी वर्षबाट नियमितरुपमा दिइने खोप यो पटक २० हजार किशोरीलाई दिने लक्ष्य छ । लुम्बिनी प्रदेशमा भने भने १ हजार १२ जनालाई दिन लागिएको छ । सन् २०३० सम्म १५ वर्षमुनिका बालिकाहरुमध्ये ९० प्रतिशतलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप पूर्ण रुपमा प्रदान गर्ने सरकारको योजना छ । विश्व स्वास्थ्य संगठनकाअनुसार ९५ प्रतिशतभन्दा बढी पाठेघरको क्यान्सर एचपीभी भाइरसले हुने गरेको छ । एचपीभीविरुद्धको खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई उल्लेखनीय रूपमा कम गर्छ । अध्ययनले यो खोप सुरक्षित र प्रभावकारी रहेको देखाएका छन् ।





