काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव त्रिवि शिक्षण अस्पतालबाट पार्टी कार्यालय च्यासल लगिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि नेम्वाङको शव नेपाली सेनाको गाडीमा एमाले केन्द्रीय कार्यालय च्यासल लगिएको हो । नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिनभर पार्टी कार्यालयमा राखिने छ ।

Preview (opens in a new tab)

नेम्वाङका दुबै छोरा विदेशबाट आएपछि परम्पराअनुसार अन्तिम संस्कार गरिनेछ । नेम्वाङको गएराति निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय