धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा तोडफोड भएको छ । धरान १५ स्थित बेघाको घरमा भएको तोडफोडबाट झ्यालको सीसा फुटेको छ ।उपमेयरका कान्छा भाइ बिष्णुलाई आक्रमण गर्न भनी आएको समूहले घरमा तोडफोड गरेको हो । उपमेयर बेघाले अराजक समूहले आक्रमण गरेपछि तत्कालै प्रहरीलाई खबर गरेपनि प्रहरी नआएको बताए ।

प्रहरी समयमा आएन’, बेघाले भने, ‘प्रहरी समयमै नआएका कारण अराजक समूह भाग्न सफल भयो।’ आक्रमणबाट घरमा सामान्य क्षति पुगेको उनले बताए ।सुनसरीका प्रहरी प्रमुख एसपी विपीन गौतमले उपमेयरको घर तोडफोड गर्ने समूहको खोजी भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय