सुरक्षा निकाय , पत्रकार, मनव अधिकार , जिल्ला महिला तथा बाल क्यलयान को रहओबर मा प्रमुख जिल्ला अधिकारी हेरालाल रेग्मि को अध्यक्षतामा छलफल भए पछि अहिले बालगृह को अवस्था समान्य भएको छ। बाल गृह मा रहेको पुरानो बन्दी र भदौ ८ गते भक्तपुर बाट आएका कैदी बिचमा झडप भए पछि मंगलबार राति देखि नैई चुरोट कारखाना क्षेत्र तनावग्रस्त बनेका थिए।

कैदी बैन्दीले खाना मा सुधार हुनुपर्ने, राति दिशा पिसाब फेर्न लाई गेट खोल्नु पर्ने, पुस्तकालय पुन्ह संचालन गर्नु पर्ने, समय समयमा स्वस्थ्य चेकजाँच गर्नु पर्ने, सिप मुलक तालिमको व्यवस्था गर्नु पर्ने र मुख्य माग को रुपमा ३ महिना अगाडी छुटेका नाईके गुडु यादब ले मानसिक, शारीरिक यातना दिएको र उसका कारण एक जना वालक मृत्यु भएकोले उ माथि अभिल्ब कार्वाही गर्नुपर्ने र भक्तपुर बाट आएका १८ भन्दैे १४ जनालाई अंन्तै सरुवा गर्नु पर्ने माग राखेका थिए बन्दी हरुले ।

प्रमूख जिल्ला अधिकारी हिरालाल रेग्मीले तपाईंहरुको माग जायज रहेको र माग प्रति पहल गर्न सकरात्मक रहेको र बिस्तारै पुरा गर्दै जाने उनले प्रतिवद्धता व्यक्त गरे, खाने पानी, बिजुली, पुस्तकालया , खेलकुद सामाग्री छिटै व्यवस्थापन गर्ने र बाकि कुरा विभिन्न निकाय संग समनुय गरेर बालगृहलाई सुदृढ बनाउँदै जाने उनले प्रतिवद्धता व्यक्त गरे ।

भक्तपुर बाट आएका ११ जनाको उपचार नारायणी अस्पतालमा भईरहेको छ भने अन्य चारजनालाई त्यहाँ बाट निकालेर अन्तै सारिएको छ। व्यवस्थापन गर्ने र बाकि कुरा विभिन्न निकाय संग समन्वयन गरेर बालगृहलाई सुदृढ बनाउँदै जाने उनले प्रतिवद्धता व्यक्त गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय