शे फोक्सुण्डो तालले विश्व पहिचान कमाएको डोल्पामा फेरी नयाँ ताल भेटिएको छ ।पछिल्लो समय स्थानीयहरु नै ताल पहिचानमा सक्रिय हुन थाले छन ।खोज अनुसन्धान र प्रचारप्रसारको अभावमा बाहिर आउन नसकेर ओझेलमा रहेका पर्यटकीय सम्पदाहरु यत्तिखेर सुचना प्रविधिको विस्तारसंगै सार्वजनिक हुन थालेका छन । केही दिन पहिले मात्रै डोल्पामा नै ५,१९० मिटर उचाइमा नयाँ ताल फेला परेको थियो । समुद्र सतहदेखि ४ हजार १ सय मिटर उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिका ६, फालगाउँको हिमालमा नयाँ तालको रुपमा स्थानीयले कुन्ख्येन फालक ताल पहिचान गरेका थिए ।यो तालको आधिकारिकता र संरक्षणको बहस चलिरहेको अबस्थामा डोल्पाकै छार्काताङसोङ गाउँपालिकामा पुन सबै भन्दा अग्लो स्थानमा रहेको ताल भेटिएको प्रसंग बाहिरिएको छ ।

सबै भन्दा अग्लो स्थानमा भेटिएको भनिएको नयाँ ताल छार्कताङसोङ गाउँपालिका वडा नम्बर १ स्थित उच्च मानव बसोवास भएको छार्कभोटमा छर्काका युवाहरूले पहिचान गरेका हुन ।एक पछि अर्को गरेर ताल फेला पर्दै जानुले डोल्पा ताल तलैयाहरुको भण्डार भन्न सकिन्छ ।छार्कभोटमा छार्काका युवाहरूले चार दिन लगाएर तालको सर्वेक्षण गरेका थिए ।सर्वेक्षणको क्रममा पङभोर नामले चिनिने तालको उचाई हाल सम्मकै सबैभन्दा अग्लो रहेको दाबी गरिएको छ।

पङभोर तालको उचाई समुन्द्र सतहदेखी ५ हजार ५ सय ५० दशमलब ९ मिटरको उच्चाईमा रहेको जिपिएस ट्रयाकिङ्ले प्रमाणित देखाएको छार्का युवा क्लबका अध्यक्ष कार्मा ढेन्दुप गुरुङ्गले जानकारी दिए । गुरुङ्गका अनुसार भदौ १३ गते छार्काका युवा तथा शिक्षकहरु मिलेर ४ दिन लगाएर तालको जिपिएस सर्बेक्षण गरी हालसम्मकै सबैभन्दा अग्लो स्थानमा रहेको ताल भनेर प्रमाणित गरिएको बताए ।यो ताल चिनको तिब्बत र डोल्पाको सिमा क्षेत्रमा रहेको छ । उच्च स्थानमा रहेको पङभोर ताल सुन्दरताको बयान गरि साध्य नहुने छार्काभोटका युवाहरु बताउँछन् ।यो ताल वरिपरि अन्य ४ ताल पनि भेटिएको छार्काताङसोङ गाउँपालिकाका उपाध्यक्ष कार्मा तोण्डुप गुरुङ्गले जानकारि दिए ।

उपाध्यक्ष गुरुङ्गका अनुसार अन्य २ तालको पनि सर्बेक्षण गरिएकोमा ५ हजार ३ सय ३८ दशमल ५ मिटर,५ हजार ५ सय १३ दशमलब ४ मिटर रहेको जिपिएस प्रमाणित तथ्याङ्क रहेको छ । यो सबै तालको आधिकारीकताको लागी भने स्थानीय सरकारले स‌घिय सरकारमा समेत पहल गरी प्रकृया पुरा गर्न लागि रहेको उपाध्यक्ष कार्मा तोण्डुप गुरुङ्गले जानकारी दिएछार्काताङसोङ गाउँपालिकामा भेटिएको पङभोर तालको बारेमा आफुलाइ कुनै लिखित वा मौखिक जानकारी नआएको प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताए ।

तर स्थानीय सरकारले फोटो वा भिडियोमा ताल रहेको प्रमाणित गरिने सप्रमाण सहित लिखित रुपमा आएको खण्ड थप प्रमाणितका लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताए ।ताल भेटिएको स्थानमा त्यस्को प्रमाणित हुने तस्विर र लिखित पत्र आए जिल्ला प्रशासनबाट हुने सबै प्रकृयामा कुनै कमि नहुने प्रशासनले जनाएको छ ।पङभोर ताल भएको क्षेत्र बिश्वकै सबैभन्दा अग्लो मानबबस्ति रहेको छार्काभोट क्षेत्रमा पर्दछ ।

सरकारीप्रमाणिकरणका आधारमा हाल सम्म हिमालय पर्वत शृंखलाअन्तर्गत मनाङजिल्लाको अन्नपूर्ण क्षेत्रभित्र पर्ने तिलिचो ताल नै सबैभन्दा अग्लो स्थानमा रहेको तालको रुपमा परिचित छ ।यो ताल समुद्र सतहदेखि ४,९१९ मिटर उचाइमा छ । यस तालको लम्बाइ ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराइ सरदर २०० मिटर छ ।एक पछि अर्को ताल फेला परि स्थानीयले उचाई मापनमा सरकारलाई जोड दिनुले डोल्पामा तालको पहिचान नगरिएको भन्ने प्रमाणित भएको छ । सयौ तालहरु डोल्पामा भएपनि एक दर्जन जतिको मात्रै पहिचान गरिएको छ ।

हुन त नेपालकै गहिरो ताल फोक्सुण्डो तालको समेत गहिराई हाल सम्म बिबादित अबस्थामै रहेको छ ।डोल्पामा पिछल्लो समय एक पछि अर्को गरेर प्रतिस्पर्धाको रुपमा ताल अग्लो स्थान र ठुलो भन्ने होडवाजि जस्तै बनेको छ ।सरकारले फोक्सुण्डो तालको गहिराई प्रमाणित नगरिदिएपछि डोल्पाका नागरिकले सरकारको लापरवाही भनेका छन ।

जति धेरै तालहरु भेटिएपनि उच्च स्थानमा रहेको भन्ने प्रमाणित भने सरकारको आधिकारीक निकायले गर्नैपर्ने भएकोले तत्काल यस्ता तालको मापन तथा सर्बेक्षण गरि आधिकारिकता दिन सरकार गम्भीर हुनु पर्ने नागरकि समाज डोल्पाका योगेन्द्र बुढाको बुझाई रहेको छ ।डोल्पामा पिछल्लो समय एक पछि अर्को गरेर प्रतिस्पर्धाको रुपमा ताल अग्लो स्थान र ठुलो भन्ने होडवाजि जस्तै बनेको छ ।तर यो डोल्पालीको लागि मात्रै नभएर नेपालकै लागि खुशि र गर्वको कुरा हो ।यत्ति भनिरहंदा ताल र ताल अवस्थित भुगोलका साथै तालको दिर्घकालिन स्रोत के छ त्यसको पहिचान पनि गर्नु आबश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय