काठमाडौं । आज राष्ट्रिय बाल दिवस ।
‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ विबिध कार्यक्रम गरी दिवस मनाइदै छ । नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको दिन पारेर बाल दिवस मनाउने गरिएको हो ।संविधान र कानूनले बाल अधिकारकालाई मौलिक हकको रूपमा व्याख्या गरेको छ । संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसहित सर्वाङ्गिण विकासको हक सुनिश्चित गरेको छ ।



विद्यालयहरुमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाईदै छ ।



