काठमाडौं । हेटौंडा अस्पतालमा कार्यरत चिकित्सकसहित ७८ स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा तथा प्रशान्त बिडारीलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै सामूहिक राजीनामा दिएका हुन् । डाक्टरविरुद्ध सांघातिक आक्रमण गर्नेलाई कारबाही नगरेको, बिरामी डाक्टरहरुको उपचारमा सरकारी पक्षले कुनै जिम्मेवारी नलिएको तथा चिकित्सकविरुद्ध प्रशासन मौन बसेको गुनासो उनीहरूले गरेका छन् ।

डेंगी संक्रमणका कारण एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितले बुधबार अस्पतालभित्रै दुई डाक्टरलाई कुटपिट गरेको हो । प्रहरीले डाक्टरलाई कुटपिट गरेको आरोपमा चार जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय