काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा धारिलो हतियार प्रयोग गरी चार जनाको हत्या भएको छ ।

दिव्य सः मिलमा शुक्रबार मध्यराति दुई पुरुष र दुई महिलाको शव भेटिएको हो । मारिएका मध्ये तीन जना एकै परिवारका रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५२ अम्बिका भुजेल र कुमारकी आमा करिब ७६ वर्षीया सुमित्रा भुजेल रहेका छन् ।

चार जनाको हत्याको आशंकामा अन्दाजी २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरिएको छ । घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले कुकुरको प्रयोग गरेको छ भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मृतकको शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय