युरोपेली संघ (ईयू) को एक नियामक निकायले सामाजिक सञ्जाल ‘टिकटक’लाई ३४ करोड ५० लाख युरो जरिवाना गरेको छ ।

आयरल्याण्डको तथ्यांक सुरक्षा आयोगले विज्ञप्ति जारी गर्दै चिनियाँ स्वामित्वमा रहेको सामाजिक संजाल टिकटकले बालबालिकाको तथ्यांक चोरी गरेको भन्दै जरिवाना गरेको हो । दुई वर्षसम्मको अनुसन्धानपछि टिकटकले बच्चाहरुको तथ्यांक चोरी गर्दै आएको पत्ता लागेको ईयुले जनाएको छ । तथ्यांक चोरीबारे नियमनकारी संस्थाले सेप्टेम्बर २०२१ मा १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूको लागि प्लेटफर्म निर्माण र व्यक्तिगत तथ्यांक संकलन प्रक्रियाको सम्बन्धमा जीडीपीआरको साथ टिकटकको अनुगमन जाँच गर्न शुरु गरेको थियो ।

चिनिया विशाल प्रविधि कम्पनी बाइट डान्सको एक विभाजन टिकटक संयुक्त राज्य अमेरिकामा १५० मिलियन र युरोपियन युनियनमा १३४ मिलियन प्रयोगकर्ताहरूको साथ युवाहरूमाझ अत्यन्त लोकप्रिय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय