

एसिया कपअन्तर्गत क्रिकेटमा बंगलादेशले भारतलाई हराएको छ । गएराति भएको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारतलाई ६ रनले हराएको हो ।
बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याएको भारत ४९.५ ओभरमा २५९ रन बनाउँदै अलआउट भयो । भारतका लागि ओपनर शुभमन गिलले १२१ रनको शतकीय पारी खेले ।






बंगलादेशले भारतलाई हराउँदै एसिया कपको सुखद् अन्त्य गरेको छ । हारका बाबजुत पनि भारत समूह विजेताको रूपमा फाइनलमा पुगेको छ । उपाधिका लागि भारतले आइतबार घरेलु टोली श्रीलंकासँग खेल्ने छ ।
यसअघि श्रीलंकाले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेको थियो।