

काठमाडौं । देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द छन ।
हेटौंडामा चिकित्सक कुटिएको घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघले अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेको हो । संघले आइतबार देशभरका अस्पालहरुमा आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने भन्दै शनिबार नै विज्ञप्ति जारि गरेको थियो । विज्ञप्तिमा देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन समेत माग गरिएको छ । चिकित्सकमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानूनी दायरामा नल्याएको भन्दै चिकित्सक संघ आन्दोलित भएको हो ।






भदौ २७ गते सञ्चो अस्पतालका चिकित्सकद्वय प्रशान्त विडारी र विकास थापामाथि गत महिना उपचारका क्रममा मृत्यु भएका विरामीका आफन्तले आक्रमण गरेका थिए ।