

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका ८ नयाँ गाउँ नजिकै सडकमा विस्फोट भएको छ । आईतबार बिहान करिब ४ बजेको समयमा बिस्फोट हुँदा राजमार्ग एकतर्फी रूपमा बन्द भएको छ । सडकमा विस्फोट भएको बस्तु बम भएको प्रहरीले आशंका गरेको छ ।






यद्यपि त्यसको पुष्टि भने भएको छैन । घटनास्थलमा पुरानो तार फेला परेकाले द्वन्द्वकालमा राखिएको माइन बम पड्किएको हुन सक्ने ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले बताए । घटनास्थलमा भेटिएको तार लगायतका बस्तु परिक्षणकालागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाउने तयारी भईरहेको तिवारीले जानकारी दिए ।