काठमाडौं । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज । अटल सौभाग्यको कामनासहित विवाहित नारीले श्रीमानको दीर्घायुको कामना गर्दै ब्रत बसी मनाउँदै छन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वमा भगवान शिवको पूजा आराधना गरिन्छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । आजैको दिन कठोर व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास पनि छ । तीज पर्वको अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा महिला भक्तजनहरुको चहलपहल बढेको छ ।

ब्रतको अघिल्लो दिन दर खाएपछि सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय