

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ।
सहमतिसँगै चिकित्सकहरूले घोषित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्। चिकित्सकलाई हातपात गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ अनुसार कारबाही अघि बढाउने सरकारले प्रतिबद्धता जनायको छ । चिकित्सकहरूको सेवा सुविधा सुरक्षा जनशक्ति परिचालन क्षमता अभिवृद्धि तथा बिदेसिने प्रवृत्ति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिनाभित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अघि बढाउने लगायतका ६ बुँदामा भएका हो । हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत संघका दुई जना चिकित्सकहरूमाथि कुटपिट गरिएको घटनामा दोषीलाई कारबाही नगरिएकोमा विरोध स्वरूप आइतबार आकस्मिक बाहेकका सेवा बन्द गरिएको थियो ।






आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि वार्ता भएको हो ।