काठमाडौं । आज ऋषि पञ्चमी । नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाएका छन् ।




ऋषि पञ्चमीको अवसरमा चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ मा रहेको बाणस्थलीस्थित त्रिवेणीमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा महिलाहरुको विहानै देखि उपस्थिति रहेको थियो । व्रत समापन गर्न महिलाहरु त्रिवेणी खोलामा गई स्नान गरी ३ सय ६५ वटा दतिवनले दाँत माझि गौदान, पूर्णपात्र गरेका छन् । स्नान र दतिवन गरेपछि अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने परम्परा रहेको छ ।

चन्द्रागिरि नगरपालिका भित्र रहेका महादेव मन्दिर र नदी खोलामा महिला भक्तजनहरुको भीड लागेको छ । रजस्वलाको समयमा छाई छुईलगायत कुनै त्रुटि भएमा ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने जनविश्वास छ ।








